सिङजीयाङमा ७५ हजार रोजगारी सृजना

Dec 24th, 2019

उरुम्की, चीन,८ पुस (रासस/सिन्ह्वा)

चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने उयगुर स्वशासीत क्षेत्रमा गत एघार महिनामा गरिबी रेखा मुनीमा परेका लागि ७५ हजार रोजगारी सृजना भएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०१९ का सुरुका ११ महिनामा त्यति रोजगारी सृजना भएको हो ।

गत नोभेम्बरको अन्त्यसम्मको विवरणमा कुल ७५ हजार नौ सय ३३ रोजगारी सृजना भएको उल्लेख गरिएको छ । दक्षिणी सिङजियाङका गरिबीबाट प्रभावित २२ ठाउँका गरिब समुदायका व्यक्तिहरुका लागि ती रोजगारीहरु सृजना गरिएका हुन् ।

जनशक्ती र सामाजिक सुरक्षा सम्वन्धी क्षेत्रीय विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार सिङजीयाङले सृङ्खलाबद्ध रुपमा सिप विकास सम्वन्धी निःशुल्क तालिमहरु सञ्चालन गरेको थियो ।सिप विकास सम्वन्धी तालिम तथा कार्यक्रमहरु झण्डै एक लाख ८० हजार जना स्थानीय गरिब समूदायका व्यक्तिहरुका लागि सञ्चालन गरिएको थियो ।