• गृहपृष्ठ
  • बलिउड सुपरस्टार सलमानखानको जन्मदिनमा नेपालको बिईङ ह्युमनको बिशेष अफर

बलिउड सुपरस्टार सलमानखानको जन्मदिनमा नेपालको बिईङ ह्युमनको बिशेष अफर

Dec 24th, 2019

काठमाडौ, पुुस ८

बलिउड सुपरस्टार सलमानखानको जन्मदिनलाई लक्षित गरेर बिईगं ह्युमनक्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ । सलमानद्वारा सञ्चालित बिईगं ह्युमन फाउण्डेसन मातहत सञ्चालित बिईगं ह्युमन क्लोथिङले स्किम सार्वजनिक गरेको हो ।

स्किम अन्तर्गत बिईगं ह्युमन ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्नेले सलमानको जन्मदिनको अवसरमा अर्थात डिसेम्बर २७ ९पुष ११ गते २७ तारिखका दिन सलमानको फिल्म दबगं–३ को एउटा टिकट र ‘बिईगं दबगं’ लेखिएको टि–सर्ट उपहार पाउने छन ्।

बिईगं ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलका अनुसार डिसेम्बर २७ को लागि एउटा सिनेमाहल नै बुक भईसकेको छ । त्यस दिन सलमानको जन्मदिनको अवसरमा सामुहिक रुपमा ‘वर्थ डे केक’ काटेर स्किम अन्तर्गतका ग्राहकलाई सिनेमा हेर्न लगिने उनले जानकारी दिए । त्यस दिन १ सय भन्दा बढी अग्रिम बुकिङ भईसकेको ई–साईकल समेत सार्वजनिक हुने छ ।

बिईगं ह्युमन फाउण्डेसनले बिईगं ह्युमन ब्राँण्डका सामग्रीहरु बिक्रि गरेवापतहुने आम्दानिको एउटा निश्चित हिस्सा परोपकार तथा सामाजिक उत्तरदायित्वका लागि छुट्याउदैँ आएको छ ।