यही पुस १० गते सार्वजनिक बिदा

Dec 24th, 2019

धनगढी, ८ पुस (रासस)

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।

यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ ।

डोजरमा आगजनी

कैलालीको पूर्वी क्षेत्र लम्कीचुहा नगरपालिकाको रोरा नदी छेउमा रोकिराखेको से३क ३४२१ नंको डोजरमा गए राति आगजनी गरिएको छ । देउती निर्माण सेवाको उक्त डोजरमा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक ओमप्रकाश बटालाले बताउनुभयो । घटनास्थलमा फेला परेको नेकपा नामको पर्चामा पर्यावरणको प्रभावसम्बन्धी कुनै मापदण्ड पूरा नगरी प्राकृतिक स्रोतको दोहन गरिएको उल्लेख गरिएको छ ।