एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

Dec 24th, 2019

सुनसरी, ८ पुस

नरसिंह गाउँपालिका ५ सुनसरी पुलस्थित पूर्व पश्चिम राजमार्गमा ना.७ ख ३५५३ ट्रकलाई स.१ च ४९६ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगढी गा.पा.५ बस्ने बर्ष ५० को चेत बहादुर बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बिष्टलाई नोवेल अस्पताल विराटनगर हुँदै जिल्ला अस्पताल ईनरुवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक सिराहा लाहान नगरपालिका १ बस्ने २१ वर्षीय बिष्णु कुमार साह समेत ३ जनाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।