• गृहपृष्ठ
  • जीप नियन्त्रणम लिई लुटपाट गर्ने ६ जना पक्राउ

जीप नियन्त्रणम लिई लुटपाट गर्ने ६ जना पक्राउ

Dec 23rd, 2019

धनगढी, ७ पुस (रासस)

कैलालीको धनगढीवाट अत्तरिया तर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोदाबरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टको साथबाट मोबाइलसमेत लुट्ने समूहका व्यक्तिलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।

पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्तनगरका अजय भण्डारी, गौरव चन्द, चिरन बम, कृष्णपुरका नरेन्द्र साउद, प्रदीप ऐर र धनगढीका पारस सिंह रहेका छन् । उनीहरु विरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।