• गृहपृष्ठ
  • सशस्त्र प्रहरीद्वारा बीस किलो चरेस बरामद

सशस्त्र प्रहरीद्वारा बीस किलो चरेस बरामद

Dec 23rd, 2019

वीरगञ्ज, ७ पुस (रासस)

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले आज बिहान २१ वटा पोकामा रहेको २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो ।

बिहान ४ः१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए । बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ ।