• गृहपृष्ठ
  • सिद्धार्थ बैंकको एउटा नयाँ शाखा र चार शाखाको औपचारिक समुद्घाटन

सिद्धार्थ बैंकको एउटा नयाँ शाखा र चार शाखाको औपचारिक समुद्घाटन

Dec 23rd, 2019

काठमाडौ, पुुस ७

सिद्घार्थ बैंकले २०७६ पौष ६ गते आईतबार प्रदेश नं ५ अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहा अवस्थित गोलबजार शाखा र लहान शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको हो ।

बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर श्रीबेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर मुनिशाह सुडीबाट भएको थियोे । बैंकले दुहबी शाखा गत२०७५ फाल्गुण २७ गते, गढी शाखा गत २०७४ माघ ७ गते, गोलबजार शाखा गत २०७६ कार्तिक १५ गते र लहान शाखा गत २०७५ वैशाख २३ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

उक्त लुम्बिनी शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १,६०० भन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाताखोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरीय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।