• गृहपृष्ठ
  • एनएमवि बैंकद्धारा विमा रकम हस्तान्तरण

एनएमवि बैंकद्धारा विमा रकम हस्तान्तरण

Dec 23rd, 2019

कााठमाडौ, पुस ७

एनएमवि बैंकले गोरखा जिल्ला भिमसेन गाँउ-पालिका, वडा नं. ३ तान्द्राङ निवासी श्रीमती गंगादेवी सापकोटालाई निजको छोराको जिवन विमा वापतको क्षतिपूर्ति विमा रकम रु ७,००,०००। (अक्षेरुपी सातलाख रुपैया मात्र) हस्तान्तरण गरेको छ ।

बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख, गणेश पराजुलीको उपश्थितिमा गोरखा स्थित बैंकका जेष्ठ सँस्थापक सदस्य धिरज वहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गर्नु भएको थियो । निजको छोरा भुवन सापकोटाको २०७६, श्रावण २६ गते आरुघाट गाउपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीकोतार टाग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाट स्थित एनएमवि बैंकवाट वचत कारोवार गदैं आएका थिए ।

हाल एनएमबी बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।