• गृहपृष्ठ
  • ट्राफिक उज्यालो अभियान :६ हजारलाई सचेतना कक्षा

ट्राफिक उज्यालो अभियान :६ हजारलाई सचेतना कक्षा

Dec 23rd, 2019

काठमाडौ, पुुस ७

‘समुदाय प्रहरी साझेदारी अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट तीन महिने विशेष ट्राफिक उज्यालो अभियान मार्फत छ हजार जनालाई सचेतना प्रदान गरिएको छ ।

यस एक हप्तामा मात्रै सार्वजनिक भाडाका सवारी चालक र सहचालक सात सय तीन जना, ट्याक्सी चालक ७० जना, मोटरसाइकल चालक एक हजार छ जना, सिहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक छ सय १२, नेपाली सेनाका चालकहरू ५७, पैदलयात्री २६ सय ३५ र विद्यार्थी आठ सय एक गरी जम्मा पाँच हजार आठ सय ८४ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुने गरि प्रशिक्षित तुल्याएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनले भने ‘हामीले ’कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरेका छौँ ।‘
यस अभियान दैनिक रूपमा महाशाखा र मातहतका ४० ईकाइबाट ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूलर कलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा लिने गरिएको छ ।

ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुर्या उने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले यो अभियान शुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

साथै उक्त अभियान सञ्चालनका लागि दैनिक प्रहरी अधिकृतसहित एक सय ३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन छन् भने यस अभियान पुस एक गतेवाट शुरू भएको र फागुन मशान्तसम्म सञ्चालन हुने र अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिईने कार्यक्रम