• गृहपृष्ठ
  • नेपाल बङ्गलादेश बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल बङ्गलादेश बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

Dec 23rd, 2019

काठमाडौ, पुुस ७

नेपाल बङ्गलादेश बैंक लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सोमबार सम्पन्न भएको उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७५÷७६ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई पाँच प्रतिशत बोनश शेयर र सात प्रतिशत नगद लाभांश ( लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।

समिक्षा अवधिमा बैंकको कुलनिक्षेप २४.५५ प्रतिशतले बृद्धि भई रु.५९.७६ अर्ब पुगेको छ भने कुल कर्जा २९.१६ प्रतिशतले बृद्धि भई रु. ५५.७२ अर्ब पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले बृद्धि भई रु. ७६.२५ अर्ब पुगेको छ ।