• गृहपृष्ठ
  • हया्किङको आशंकमा ९६ जना चिनियाँ पक्राउ

हया्किङको आशंकमा ९६ जना चिनियाँ पक्राउ

Dec 23rd, 2019

काठमाडौै, पुुस ७

ह्याकिङको आशंकामा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट करिब ९६ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी श्रोतले बताएको छ । साइबर अपराधको पूर्वसूचना पाएकाले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी श्रोतले बताएको छ ।

प्रहरीका अनुसार उनीहरु सबैलाई काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबै चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको छ । अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं प्रहरीको संयुक्त अप्रेशनमा उनीहरुलाई पक्राउ प्रहरी श्रोतले बताएको छ ।