नेप्से उच्च अंकले बढ्यो

Dec 23rd, 2019

काठमाडौ, पुुस ७

आज सोमबार नेप्से उच्च अंकले बढेको छ । आज नेप्से १७ दसमलव ७७ अंकले बढेर ११ सय ६८ दसमलव ५८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स दुुई दसमलव ९४ अंकले बढेर दुुई सय ५४ दसमलव ५३ अंकमा चढेको छ । एक सय ७७ कम्पनीहरुको आठ हजार ९३ वटा कारोवारमा १७ लाख ५४ हजार तीन सय ६३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ५९ करोड ५६ लाख ६४ हजार पाँच सय ४४ रुपैंयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैक समुहको सुचक तीन दसमलव ३२ अंकले बढेर एक हजार ४१ दसमलव ७० अंकमा पुगेको छ । बिकास बैक समुहको सुचक पनि १६ दसमलव ४४ अंकले बढेर १५ सय ९३ दसमलव ७४ अंकमा पुुगेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन ।
कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पाँचथर पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज आज शिवम सिमेन्ट परेको छ ।