• गृहपृष्ठ
  • कुखुराको फर्मबाट विभिन्न हातहतियार बरामद

कुखुराको फर्मबाट विभिन्न हातहतियार बरामद

Dec 23rd, 2019

सुनसरी, पुस ७

बराहाक्षेत्र नगरपालिका ५ स्थित एकताटोल बस्ने खेमराज श्रेष्ठको कुखुराको फर्मबाट आइतबार बिहान एसएमजी हतियार १ थान तथा विभिन्न गोलीहरु ९ हजार ९ सय ८२ राउण्ड बरामद भएको छ ।

बरामद भएका गोलीहरुमा ७.६२ एमएमको २ हजार ५ सय ९६ राउण्ड, ९ एमएमको २ हजार ६ सय ३२ राउण्ड, ५.५६ एमएमको ४ हजार ५ सय ६५ राउण्ड तथा अन्य हतियारको १ सय ८९ राउण्ड रहेका छन् ।

उक्त स्थानमा विभिन्न हातहतियार रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र नेपाली सेनाको पूर्व पृतना ईटहरी समेतबाट खटिएको संयुक्त टोलीले उक्त हतियार बरामद गरेको हो । उक्त हतियार तथा गोलीहरू थप आवश्यक अनुसन्धानका लागि नेपाली सेनाको पूर्वपृतना ईटहरी पठाइएको छ ।