जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Dec 23rd, 2019

बर्दिया, पुस ७

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका ९ जनतानगर बस्ने ३० वर्षीय जगबीर थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई शनिबार साँझ जगबीरले जबरजस्ती करणी गरेकाले स्थानियबासीहरूले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितला बजारबाट खटिएको प्रहरीले जगबीरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।