• गृहपृष्ठ
  • गुण्डागर्दीमा संलग्न अभियुक्तहरु पक्राउ

गुण्डागर्दीमा संलग्न अभियुक्तहरु पक्राउ

Dec 23rd, 2019

काठमााडौं, पुुस ७

गुण्डागर्दीमा संलग्न दुुई व्यक्तिहरु पक्राउ परेकाछन । काठमाडौ उपत्यकामा सर्बसाधारण मानिस तथा ब्यापारीहरुलाई फोन मार्फत धम्काई रकम माग गरी दुस्ख दिने र नदिएमा हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने भनि धाकधम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्य गरेको गुनासोको आधारमा दुर्गा भन्ने देवान राई र बिष्णुु बहादुर धिताललाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुुले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गुन्डागर्दी कार्यमा संलग्न रहेका निम्न ब्यक्तिहरुलाई बिभिन्न मिति र स्थान बाट पक्राउ गरी आवश्यक कार्बाहीको लागि मिति २०७६।०९।०६ गते महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएकोमा थप अनुसन्धान कार्य जारी रहेको छ । पक्राउ परेका मध्ये नवलपुरको देउचुुली नपा १३ स्थायी घर भई हाल कोटेश्वर बस्ने राईलाई कोटेश्वरबाट नै र काभ्रेको नमोबुुद्ध घर भई हाल कोटेश्वर बस्ने धिताललाई पनि कोटेश्वरबाट नै पक्राउ गरिएको हो ।