• गृहपृष्ठ
  • सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन

सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन

Dec 23rd, 2019

काठमाडौ, पुुस ७

सिद्घार्थ बैंकले आइतबार वीरगंज अवस्थित मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे । बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।