रियल मड्रिड बराबरीमा रोकियो

Dec 23rd, 2019

काठमाडौँ, ७ पुस

रियल मड्रिड लगातार तेश्रो पटक बराबरी रोकिएको छ। स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा मड्रिड एथ्लेटिक विल्वाओसँग बराबरीमा रोकिएको हो ।

सन् २००६ को मार्च यता रियल मड्रिडले पहिलो पटक दुई खेल गोलरहित बराबरी खेलेको हो ।यसअघि रियल मड्रिडले चार दिनअघि एल क्लासिकोमा बार्सिलोनाविरुद्धको खेलमा पनि यही नतिजा आत्मसात् गरेको थियो ।

बराबरीसँगै रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अंकले पछि परेको छ भने विल्वाओ लिगको सातौँ स्थानमा उक्लिएको छ ।