• गृहपृष्ठ
  • सवारी ज्यान मुद्दाका प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दाका प्रतिवादी पक्राउ

Dec 22nd, 2019

बारा, ६ पुस

सवारी ज्यान मुद्दाका प्रतिवादी बारा बिश्रामपुर गाउँपालिका ३ बस्ने सोही गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडियरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२०६३ साल भदौ २९ गतेको जिल्ला अदालत बाराको फैसलाले उक्त मुद्दामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भएका उनलाई ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंज पर्सा पठाइएको छ ।