• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

Dec 22nd, 2019

काठमाडौं, ६ पुस

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरका विद्यार्थीहरुसँग ‘प्रहरीसँग एक दिन’ कार्यक्रम प्रहरी प्रधान कार्यालयमा आइतबार सम्पन्न भएको छ ।

प्रहरी प्रधान कार्यालयको सहकार्य तथा प्रहरी विद्यालय सम्पर्क समिति ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी उक्त स्कुलका शिक्षक तथा विद्यार्थीहरुबाट केन्द्रीय प्रहरी संग्राहलय र अमर प्रहरी स्मारकको अवलोकन भ्रमण समेत गरिएको थियो ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय खेल मैदानमा प्रहरी प्रधान कार्यालय केनाईन महाशाखाबाट गरिएको ड्रिल प्रदर्शन कार्यक्रम समेत विद्यार्थीहरुले अवलोकन गरे । ड्रिल प्रदर्शनमा अपराध पुष्टी गर्न आवश्यक सबुद प्रमाणको खोजी, अपराधीको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, विष्फोटक पदार्थको खोजी तथा पहिचान, आज्ञापालन र बाधापार लगायतमा उक्त महाशाखाका तालिम प्राप्त कुकुरहरुले ड्रिल प्रदर्शन गरेका थिए ।