• गृहपृष्ठ
  • प्रभु बैंकको तौलिहवा शाखा कार्यालय सञ्चालन

प्रभु बैंकको तौलिहवा शाखा कार्यालय सञ्चालन

Dec 22nd, 2019

काठमाडौ, पुुस ६

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज आईतबारदेखि कपिलवस्त ुजिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा आप्mनो २०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको तौलिहवा शाखा कार्यालयको समुद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले एक समारोह बिच गरेका हुुन । यो शाखा सहित प्रभु बैंकको कुल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटियम संख्या १५२ पुगेको छ ।

बैंकको तौलिहवामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सिंहले प्रभु बैंकले तौलिहवामा आप्mनोे शाखा सञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताउनु भयो । मन्तब्यको क्रममा उहाले बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना समेत व्यतm गरे । बैंकको तौलिहवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय सर्वसाधारणहरु, उद्योगी ब्यापारी तथा अन्यसंघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घिभई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा तौलिहवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।