• गृहपृष्ठ
  • किष्ट अस्पतालमा ईआरसिपी सेवा सुरु , के हो ईआरसीपी ?

किष्ट अस्पतालमा ईआरसिपी सेवा सुरु , के हो ईआरसीपी ?

Dec 22nd, 2019

काठमाडौ, पुुस ६

किष्ट अस्पतालमा ईआरसीपी (इण्डोस्कोपी रिट्रोग्रेड कोलाञ्जियो प्यानक्रेटोग्राफी) सेवा सुरु गरेको छ । काठमाण्डौ तथा ललितपुर जिल्लामा नै सबैभन्दा सुलभ मुल्यमा किष्ट शिक्षण अस्पताल, ईमाडोलमा ईआरसीपी सेवा सुरु गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार ईआरसीपी पित्तनलीमा ढुङ्गा बन्ने, पित्तथैलीको ढुङ्गा नलिमा जाने र पित्तनली साँघुरिने एवं च्यापिने समस्याले जन्डिस भएका विरामीहरुका लागि वरदान प्रविधि हो ।

मुखबाट ईन्डोस्कोपी मेसिन छिराएर पेटको बाटो हुदै आन्द्रामा रहेको पित्तनलीको मुख (अम्पुला) मा पुग्छ । विभिन्न उपकरणहरुको प्रयोग गरेर नलीको मुखलाई ठुलो बनाईन्छ र पित्तनलीको ढुङ्गा निकालिन्छ । नली साँघुरो भएको माथि स्टेन्ट राखिन्छ । यसले बाईलको बहाव सुचारु गराउँछ । यो प्रविधिलाई ईआरसीपी भनिन्छ । यो प्रविधि प्रयोग गर्दा पेट चिर्नु वा पेटमा प्वाल पार्नुपर्दैन । धेरै दिन अस्पताल भर्ना हुन नपर्ने र विरामीलाई पनि धेरै पिडा सहन नपर्ने हुनाले अहिले यो प्रविधि विश्वभर प्रचलित बन्दै आएकोछ । यस प्रविधिमैत्री शल्यकृया अझै प्रभावकारी र सुलभ ढङ्गले अगाडि बढाउने र बिरामीलाई अझै सुविधामैत्री बनाउने प्रतिबद्घता किष्ट शिक्षण अस्पतालले जनाएको छ ।