साताको पहिलो दिन नै बढ्यो नेप्से

Dec 22nd, 2019

काठमाडौ, पुुस ६

साताको पहिलो दिन आईतबार नै नेप्से बढेको छ । नेप्से एक दसमलव १७ अंकले बढेर ११ सय ५० दसमलव ८१ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २५ अंकले घटेर दुुई सय ५१ दसमलव ५९ अंकमा झरेको छ । एक सय ६७ कम्पनीहरुको छ हजार ८७ वटा कारोवारमा १४ लाख ८८ हजार तीन सय चार कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ३७ करोड ४४ लाख ६६ हजार छ सय ६५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९२ अंकले घटेर एक हजार ३८ दसमलव ३८ अंकमा पुुगेको छ । जलबिद्युुत समुहको सुचक एक दसमलव छ अंकले घटेर नौ सय ३८ दसमलव ५१ अंकमा पुुगेको छ । यसैगरी निर्जिवन बीमा, निर्जिवन बीमा, टे«डिङ र फाईनान्स समुहको सुचक पनि घटेकाछन । होटल, बिकास बैंक, उत्पादनमुलक, लघुुबित्त, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट नै परेको छ ।