• गृहपृष्ठ
  • सम्पन्न गर्यो टिकेस्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२ औं साधरण सभा

सम्पन्न गर्यो टिकेस्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२ औं साधरण सभा

Dec 22nd, 2019

काठमाडौ, पुस ६

उत्पादन गरौं उत्पादन बाढाऔ सम्बृद्ध रहौ नारा दिदै टिकेस्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२ औं साधरण सभा सम्पन्न गरेको छ ।

सभाको प्रमुख अतिथी प्रदेश मामिला समितिका सभापति नेकपा प्रदेश नं. ३ ललितपुर क्षेत्र नं. २ का सांसद माधव पौडेलले उत्पादन क्षेत्रमा लगानी बढाउन जोड दिए। विशेष अतिथी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेस्वर श्रेष्ठले ऐन कानुनको परिधी भित्र रहेर ऋण लगानी गर्नुपर्ने सुझाव दिए ।

अतिथिहरुमा कृष्ण बाहादुर थापा मगर, नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य प्रकास थापा मगर ,रमेश ऐर, स्थानीय सन्चार कर्मी बलराम वाग्ले , अधिवक्ता प्रेम आधिकारी ,पवन पकृति कलेजका प्रवन्ध निर्देशक बिज्ञान राई, नेपाली कांग्रेसका राम बहादुर बुढाथोकी ,इन्साइन बोर्डिंग स्कुलका प्रिंसिपल सत्यवति थापा , नेपाल बाङ्लादेश बैंकका कम्पनी सचिव बिश्व प्रकास पौडेल ,अधिवक्ता बाबु काजी महर्जन लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले १३ औ साफ गेमका स्वर्ण पदक बिजेता उस्सु तर्फ निमा घर्ती मगर र फूटबलका बिकाश कुथु लगायत उत्कृष्ट बचत कर्ता कृष्णहरि थापा , उत्कृष्ट ऋणी नानीछोरी डंगोल, अधितम शेयर धनी मुना थापा मगर , नृत्यका नव कुन्ज स्कुलका कलाकारहरुलाई सम्मान गरेको थियो ।

हाल सम्म संस्थाले ५ करोड ५८ लाख ९० हजार ३०८ निक्षेप संकलन गरि तीन करोड ५४ लाख ६४ हजार दुई सय ७१ रुपैयाँ ऋण लगानी गरेको संस्थाका कोषाध्यक्ष प्रभात बुढाथोकीले जनाए ।

संस्थाको सामाजिक उत्तरदायित्व वहनको गर्दै महेन्द्र ग्राम मा. वि. का १० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुका साथै सभाको सभापतित्व गर्दै संस्थाका अध्यक्ष  सरद राना मगरले साना उद्योग व्यवसाय गर्न चाहेमा स्वरोजगार कोष मार्फत साना उद्योग अघि बढन चाहेमा संस्थाले हरपल सहयोग गर्ने धारणा व्यक्त गरि सभा समाप्त गरे। संस्थाको ४ बर्षे कार्यकालको लागि निर्वाचन सम्पन्न भएको संस्थाले जनाएको छ ।