• गृहपृष्ठ
  • लिभरपुलले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

लिभरपुलले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

Dec 22nd, 2019

काठमाडौं, ६ पुस

लिभरपुलले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। कतारको दोहामा शनिबार राति भएको फाइनल खेलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लामिङ्गोलाई १–० ले पराजित गर्दै
विश्वकपको उपाधि जितेको  हो ।

लिभरपुलले फ्लामिङ्गोलाई अतिरिक्त समयमा हराएको हो । कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो ।

अतिरिक्त समयमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरेका थिए । रोबर्टो फिर्मिन्होले ९९ औँ मिनेटमा साडियो मानेको पासमा निर्णायक गोल गरे र टोलीलाई पहिलो पटक क्लब विश्वकपको उपाधि जिताए।