• गृहपृष्ठ
  • मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधरण सभा सम्पन्न

मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधरण सभा सम्पन्न

Dec 22nd, 2019

काठमाडौं, ६ पुस

मैत्रीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं साधरण सभा सम्पन्न भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री कान्छा भक्त धाेजुको प्रमुख आथित्यमा भएको थियो । तेस्तै विशेष अतिथी मेरीगोल्ड इंग्लिश बोर्डिंग स्कुलका प्रबन्ध संचालक
उद्धब सिल्वालले सहकारी संस्थाले उत्पादन मुलुक उद्योगमा लग्नुपर्नेमा जोड दिन पर्ने धारणा राखेका थिए ।अर्का अतिथी बालकोट बचत तथा ऋण सहकारी संस्थाका जयराज पौडेलले सार्वजनिक निजि सहकारी हरियाली अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो । अर्का अतिथी नेपाल रेड क्रस सोसाइटी बालकोट शाखाका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठले सहकारी संग सहकार्य गर्न आफू जस्तो सुकै सामाजिक कार्यमा सहयोग गर्ने प्रतिद्धबता जनाए ।

कार्यक्रममा वन्धुत्वो सहकारि संस्था लिमिटेडका अध्यक्ष श्री भोला सिंह सिल्वालले सहकारिले उत्पादनसिल क्षेत्रमा लगानी गर्नुपर्नेमा धारण वेक्त गरे । सुर्यविनायक नगरपालिकाका प्रतिनिधि पुष्कर वरालको उपस्थितिमा साधारण सभा सम्पन्न भएको थियोे ।

संस्थाले हाल सम्म ११ सय पचास सदस्य बनाउन सफल भएको र संस्थाको सेयर पुजी २ करोड सात लाख ६९ हजार ९०० हुनुका साथै लगानि १५ करोड २३ लाख ४ हजार ३ सय २९ रुपैयाँ हुनुका साथै २१ करोड ५५ लाख ३४ हजार ३ सय ५९ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको कोषाध्यक्ष दिवाकर सिल्वालले बताए । सभाको सभापतित्व श्री वाल मुकुन्द उपाध्यायले गरेका थिए ।