• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Dec 21st, 2019

काठमाडौं, ५ पुस

काठमाडौं, दाङ, उदयपुर, पर्सा, नवलपरासी (पश्चिम) का बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

काठमाडौं, गोकर्णेश्वसर नगरपालिका ११ कपन कृष्णमन्दिरस्थित सडकमा बा.७ प ८८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा घाइते भएका चालक झापा धुलावारी नगरपालिका १३ घर भएका ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको हेल्पीङ ह्याण्ड अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका ३ पैयोखोरेस्थित सडकमा रा.१ ज ८२२ नम्बरको जिप अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सल्यान कपुरकोट गाउँपालिका ४ बस्ने २० वर्षीया गीता बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ५ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका १३ नयाँ बरुवास्थित भित्री सडकमा स.१ त ६८०० नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका सोही नगरपालिका ६ जलजले बस्ने १६ बर्षीय प्रबेश अलि मियाको जिल्ला अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, पोखरिया नगरपालिका १० शिवर्वास्थित सडकमा ना.४६ प ५३३० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही नगरपालिका बस्ने ९ बस्ने ६७ बर्षीय प्रभु महतोको नारायणी अस्पताल वीरगंजमा शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका ४ फलफुल चोकमा लु.२ ख ८६ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।