आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Dec 21st, 2019

झापा, ५ पुस

कन्काई नगरपालिका २ बस्ने जय नारायण श्रेष्ठको कच्ची घरमा शुक्रबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायत सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानियबासीको सहयोगमा आगो नियन्त्रणामा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।