नियन्त्रित लागूऔषध सहित पक्राउ

Dec 21st, 2019

कास्की, ५ पुस

पोखरा महानगरपालिका २७ हमालचोकस्थित पृथ्वी राजमार्गबाट रुपन्देही गैदहवा गाउँपालिका ८ बस्ने ३६ वर्षीया गौमती सुनार समेत २ जनालाई नियन्त्रित लागूऔषध फेनारागन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र नुर्फिन २ सय एम्पुल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले पोखराबाट तालचोकतर्फ आउँदै गरेको ग.१ ज ३९७६ नम्बरको ट्याक्सीलाई चेक गर्दा ट्याक्सीमा सवार उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

साथै ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य ३ जनालाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।