• गृहपृष्ठ
  • नेपाल उद्योग परिसंघ र सन्राइज बैंक लिमिटेड बीच समझदारी

नेपाल उद्योग परिसंघ र सन्राइज बैंक लिमिटेड बीच समझदारी

Dec 21st, 2019

काठमाडौ, पुस ५

महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसंघ र सन्राइज बैंक लिमिटेडबिच नेपाल उद्योग परिसंघमा एक समझदारी–पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइज बैकसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा सन्राईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले परिसंघ सँगको सहकार्यले महिला उद्यमीहरुलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउन बैंकले हरदम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्झौता पश्चात् परिसंघमा आवद्ध सम्पूर्ण उद्यमी/महिला सदस्यहरुको उद्यमशिलता विकास, सोका लागि आवश्यक सल्लाह र ब्याज अनुदान कर्जा लगानी सम्बन्धमा दुवै पक्ष सहमत भएको छ । समझदारी अनुसार सन्राइज बैँकले महिला उद्यमीहरुका लागि १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा स्वीकृत ब्याजदरमा छ प्रतिसतसम्मको छुट प्रदान गर्ने छ ।

साथै, परिसंघमा आवद्ध साना तथा मझौला उद्यमीहरुलाई सन्राइज बैँकले सरलरुपमा कर्जा लिने प्रक्रिया, सहुलियतपूर्र्ण कर्जा, कर्जा उपभोग गर्दाको फाईदा जस्ता कर्जा सँग सम्बन्धित जानकारीमुलक तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिने समझदारी भएको छ ।

समझदारी–पत्रमा सन्राईज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा परसिंघका तर्फबाट महानिर्देशक मेघनाथ न्यौपानेले हस्ताक्षर गरेकाछन । सम्झौता अनुसार तालिम तथा अभिमुखिकरण कार्यक्रमको माध्यमबाट नेपाल उद्योग परिसंघका सदस्यहरुमाझ बैंकिङ पहुँच पु¥याउने, विशेषतःमहिलाहरुको उद्यमशिलता तथा सशक्तिकरणका लागि ब्याज अनुदान कर्जाको अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने, नेपाल उद्योग परिसंघमा आवद्ध सदस्यहरु र सन्राईज बैक लिमिटेडको आपसीहितलाई मध्यनजर गरी समय–समयमा अन्य आवश्यक कार्यहरु गर्र्ने, नेपाल उद्योग परिसंघका सदस्यहरुलाई बैंकबाट कर्जा उपभोग गरेको अवस्थामा नयाँ खाता खोल्दा बैंकले जारी गर्ने डेबिट कार्ड, मोबाईल बैंकिङ तथा लकर सूबिधामा पहिलो वर्षको वार्षिक शुल्कमा पूर्ण छुट गर्ने, क्रेडिट कार्डका लागि योग्य ग्राहकलाई पहिलो वर्षको सदस्यता शुल्कमा पूर्ण छुट सहितका सबै सुविधाहरु बैंकका सम्पुर्ण शाखा कार्यालयहरु मार्फत उपलब्ध गराईने समझदारी पत्रमा उल्लेख छ ।