• गृहपृष्ठ
  • महिला सम्पादक भएको अनलाइनलाई प्रदेश ३ सरकारले सरहयोग गर्ने

महिला सम्पादक भएको अनलाइनलाई प्रदेश ३ सरकारले सरहयोग गर्ने

Dec 20th, 2019

काठमाडौँ, ४ पुस

नेपालमा अनलाइन पत्रकारिकतामा महिलाको सहभागिता बढाउन प्रदेश नं. ३ सरकारले महिला सम्पादक भएको अनलाइनलाई ५० हजार सहयोगको घोषणा गरेको छ । त्यस्तै सुत्केरी भएको समयमा पनि काम गर्नको लागि प्रोत्साहन गर्न मासिक ३० हजारको फेलोसिप दिने निर्णय पनि गरेको छ ।

अनलाइन पत्रकारीताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा प्रदेश नं. ३ सरकारका सञ्चार रजिष्टारको कार्यालयले यस्तो प्रतिवद्धता जनाएको हो ।

अन्तकृयामा अनलाइन पत्रकारिताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अनलाइन पत्रकारीताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा सरोकावालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाइनहरुको संख्या बढेको बताए । समाचार स्रोतको रुपमा अनलाइन प्रयोग गर्नेहरुको संख्या बढे पनि समाचारमाथिको विश्वसनियतामा अझैपनि पाठक ढुक्क बन्न नसकेको उनको धारणा थियो ।

प्रवेश सुवेदीले अनलाइनकै कारण नेपाली युनिकोड विश्वव्यापी भए पनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौ रुपैयाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताए ।