• गृहपृष्ठ
  • विपद जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

विपद जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Dec 20th, 2019

काठमाडौं, पुुस ४

बुढानिकण्ठ नगरपालिका ८ हात्तिगौडाको प्राङ्गणमा विपद जोखिम न्यूनीकरण सम्बन्धी सचेतनमूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभाग, विपद व्यवस्थापन महाशाखाबाट खटिएको प्रहरीले महानगरीय प्रहरी प्रभाग बुढानिकण्ठको समवन्यमा उक्त जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बुढानिकण्ठ नगरपालिकाका प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु, भक्ति ईन्टरनेशनल स्कूल, टिआइए स्कूल, मञ्जरी सेकन्डरी स्कूलका शिक्षक, बिद्यार्थी, कर्मचारी लगायत अन्य स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

उक्त सचेतनमूलक कार्यक्रममा स्थलगत अभ्यासद्वारा अग्निशामक यन्त्रको प्रयोग, विभिन्न विधिबाट ज्वलनशील तरल पदार्थमा हुने आगलागी, शरिरमा हुने आगलागी, एलपिजी ग्यासबाट हुने आगलागी नियन्त्रण, बिद्युत सर्टबाट हुने आगलागी नियन्त्रण सम्बन्धी फायर सेफ्टी डेमोन्ट्रेसन र घाइतेहरुलाई ओसार पसार गर्ने तरिका समेत प्रदर्शन गरिएको थियो ।

संगठनको प्राथमिकतामा रहेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम र नेपाल प्रहरीको आ.व. २०६६र०७७ को तालिम क्यालेण्डर समेतमा समावेश रहेको विपद जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम अन्तर्गत उक्त सचेतनामूलक कार्यक्रम गरिएको विपद व्यवस्थापन महाशाखाले जनाएको हो ।