• गृहपृष्ठ
  • तीन लाख फिरौति मागी तीन वटा वच्चा अपहरण तथा वन्धक वनाउने व्यक्ति पक्राउ

तीन लाख फिरौति मागी तीन वटा वच्चा अपहरण तथा वन्धक वनाउने व्यक्ति पक्राउ

Dec 20th, 2019

काठमाडौ, पुुस ४

तीन लाख रुपैयाँ फिरौती मागी तीन वटा बच्चा अपहरण गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुुसार रुपा भन्ने पिडित महिला द्धारा आफु काम विशेषले २०७६ मंसिर २८ गते शनिवार पोखरा गएको र आफ्ना तीन जना वच्चाहरुलाई सामाखुसी स्थित कोठामा आफन्तले रखदेख गर्ने गरी छाडी गएको थियो । सो पश्चात यही मंसिर ३० गते जिल्ला कैलाली धनगढी घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३१ बानेश्वर बस्ने अं. वर्ष २४ को आशिष सिजापतीले तिम्रो ममिले तिमिहरुलाई होटलमा लगी राख्नु भनि भनेको छ भन्दै विहान स्कुल जान लागेको वच्चाहरुलाइ काठमाण्डौँ जिल्ला टोखा नगरपालिका वडा नं. ९ शान्तिटोल स्थित होटल ब्लु स्टारको कोठा नं. ४०४ मा लगी वन्धक वनाई राखेका थिए ।

सो पश्चात अपहरणकारीहरुले मंगलवार पिडित रुपालाई वच्चाहरुकै नम्वरवाट पोखरा फोन गरी तिम्रो छोरा छोरी मेरो कव्जामा छ तीन लाख रुपैयाँ दिएमा मात्र पठाउछू भनि फोन गरेको निज पिडित रुपाले आशिष चिनजानकै मान्छे भएको र वच्चाहरुले पनि मामा साईनो लगाउने हुँदा विश्वास नगरेको र वुधवार काठमाडौ आई हेर्दा छोरा छोरी फेला नपरे पश्चात आफ्ना वच्चा अपहरणमा परेको भनि तत्काल महानगरीय प्रहरी परिसर काठमाडौमा जानकारी गराएकी थिईन ।

सो लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको विशेष टोलीले खोज तलास गर्ने क्रममा यही पुुस दुई गते बेलुका सात बजेको समयमा काठमाण्डौँ जिल्ला टोखा नगरपालिका वडा नं. ९ शान्तिटोल स्थित होटल ब्लु स्टारको कोठा नं. ४०४ भित्र वच्चाहरुलाई वन्धक वनाई राखेको अवस्थामा जिल्ला गोरखा गोरखा नगरपालिका वडा नं. १० घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २६ बस्ने वर्ष २८ को बिनोद थापा मगरलाई उक्त कोठावाट वच्चाहरु सहित वसिरहेको अवस्थामा होटल संचालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी वृत्त महाराजगंजमा राखिएको प्रहरीले जनाएको छ ।

सोधपुछको क्रममा निज आशिष सिजापतिले मंगलवार काठमाडौवाट दुुई जना व्यक्तिहरुलाई अपहरण गरेको सम्वन्धमा मकवानपुर हेटौडामा पक्राउ परेको र निजले वच्चाहरुको रेखदेखको लागि विनोद थापामगरलाई राखेको देखिएको पिडितवाट अपहरण तथा शरिर वन्धकमा जाहेरी लिई सम्मानित जिल्ला अदालतवाट दिन सात को म्याद थप गरी अनुसन्धान भईरहेको र घटनामा संलग्न अन्य व्यक्तिहरुको खोज तलास भईरहेको प्रहरीले जानकारी दिएको छ ।