नेपाल बैंकद्धारा सहयोग

Dec 20th, 2019

काठमाडौ, पुुस ४

नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वी वील राईज फाउण्डेसनलाई १५ लाखको चेक हस्तान्तरण गरेको छ ।

एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले फाउण्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पा लाई चेक हस्तान्तरण गर्नु भएको छ ।

उक्त रकम डेविड लामा बि वाक निर्माणमा प्रयोग गरिने भएको छ । बि वाक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टीलले बनेको आधुनिक बासस्थान हो । यो बासस्था पर्यटक, हिमालआरोहि तथा भरियाहरुले रोल्वालिङ्ग बाट टासी लाप्चा पास हुँदै थामे सम्म जान प्रयोग गर्न सक्नेछन् ।