• गृहपृष्ठ
  • गरिमा विकास बैंक लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

गरिमा विकास बैंक लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

Dec 20th, 2019

काठमाडौ, पुुस ४

गरिमा विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । सोही क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा आज एक कार्यक्रमका बिच संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच रक्तसञ्चार सम्वन्धी सामाग्री हस्तान्तरण गरेका हुुन ।

बैकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाइटीलाई आईस व्याग हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले गरेका थिए ।