• गृहपृष्ठ
  • डी.ए.भी. शुशील केडिया विद्यालयको वार्षिकोत्सव सम्पन्न

डी.ए.भी. शुशील केडिया विद्यालयको वार्षिकोत्सव सम्पन्न

Dec 20th, 2019

काडमाडौ पुस ४

जाउलाखेलस्थित डी.ए.भी. शुशील केडिया विश्व भारतीय उच्च माध्यमिक विद्यालयले २७ आँै वार्षिकोत्सव मनाएको छ । कार्यक्रम नेपालस्थित भारतीय राजदूताबासका डेप्युटी चिफ अफ मिसन, डा. अजय कुमार उपस्थितिमा बुधबार भएको हो । नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको समेत यस समारोहमा उपस्थित गरिएको थियो ।

यस सँगसँगै विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थिहरूलाई वार्षिक पुरस्कार मार्फत सम्मान गरिएको थियो । विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संग्लग्न रहेका लागि उक्त दिन प्रदर्शनमा रहने विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित साङ्गितिक नाट्य यात्रा जीवनको विलक्षण अनुभब गरिएको थियो । सांस्कृतिक कार्यव्रmमका बर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रदर्शन रहेको थियो ।