• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकको सञ्चालकहरुद्वारा सपथ ग्रहण

मुक्तिनाथ विकास बैंकको सञ्चालकहरुद्वारा सपथ ग्रहण

Dec 20th, 2019

काठमाडौ, पुस ४

मुक्तिनाथ विकास बैंककोे ते¥हौं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ । साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीकातर्फबाट निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्ष सम्म प्रमुख कार्यकारी अधिकृत रहनु भएका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षकोरुपमा चयन गरेको छ ।

समितिका अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुुन । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष ढकालले सपथ ग्रहण गराएका हुुन ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटाशाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।