• गृहपृष्ठ
  • प्रभुु क्यापिटल र समृद्धि क्यापिटलबिच मर्जर सम्झौता

प्रभुु क्यापिटल र समृद्धि क्यापिटलबिच मर्जर सम्झौता

Dec 20th, 2019

काठमाडौ, पुुस ४

नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई कारोबार गर्ने प्रस्ताव सहित मर्जर सम्बन्धी सम्झौता भएको छ । प्रारम्भिक समझदारी पत्रमा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटलका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका हुुन ।

उक्त समारोहमा प्रभु बैक लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन, प्रभु बैकका सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रभु बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक/प्रबद्र्घकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक÷प्रबद्र्घकहरुहरुको उपस्थिती रहेको थियो ।

मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ । हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्टबैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सवल संस्थामार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जरका लागि अगाडी बढाईएको र यस बाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।