• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकद्वारा बिमा रकमको चेक हस्तान्तरण

ग्लोबल आइएमई बैंकद्वारा बिमा रकमको चेक हस्तान्तरण

Dec 20th, 2019

काठमाडौ, पुुस ४

ग्लोबल आइएमई बैंक लिमिटेड विराटनगर शाखाले नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आउनु भएका विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्वर्गीय अन्जली कुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम रु ५ लाख रुपैयाँनिजको परिवारलाई हस्तान्तरण गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड १ नं. प्रदेशका सहायक प्रदेश प्रमुख सुजन श्रेष्ठ र न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार बिष्टले सयुक्त रुपमा स्वर्गीय माझीको परिवारलाई विमान्कित रकम हस्तान्तरण गरेका हुुन । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २६६ वटा शाखा, ३४ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५९ एटिएम तथा २४६ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना १८ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।