• गृहपृष्ठ
  • प्राईम कमर्सियल बैंकले कैलाश बिकास बैंकलाई प्राप्ती गर्ने

प्राईम कमर्सियल बैंकले कैलाश बिकास बैंकलाई प्राप्ती गर्ने

Dec 20th, 2019

काठमाडौ, पुस ४

कमलपोखरी काठमाडौं स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं.३२, न्यूप्लाजा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धमा बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका हुुन । कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ ।