• गृहपृष्ठ
  • कोशी करिडोर औद्योगिक क्षेत्रका उद्योगीहरुको साझा धारणा

कोशी करिडोर औद्योगिक क्षेत्रका उद्योगीहरुको साझा धारणा

Dec 20th, 2019

विराटनगर, ४ पुस (रासस)

मुलुकमा उद्योग एवं कलकारखानाको विकास गर्न कोशी करिडोर क्षेत्रका उद्योगीले साझा धारणा सार्वजनिक गरेका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र मोरङका उद्योग वाणिज्य सङ्घका अध्यक्षले संयुक्त रुपमा सार्वजनिक गरेको सो धारणाअनुसार सुनसरीको अमडुवामा साल्ट टे«ेडिङ कर्पोरेशनको स्वामित्वमा रहेको ६५० बिघा जग्गालाई औद्योगिक ग्राम स्थापनाका लागि जग्गाको स्मामित्व हस्तान्तरण गरी औद्योगिक ग्राम स्थापनाको कार्य अविलम्व प्रारम्भ गर्न माग गरेको छ ।

सो स्थानमा उद्योग स्थापनाका लागि अधिकांश रकम जग्गामा खर्चिनुपर्ने वाध्यताको अन्त्यका लागि सरकारले जग्गाको वर्गीकरण गरी सम्पूर्ण औद्योगिक पूर्वाधार विद्युत्, टेलिफोन, सडक, पानी, सुरक्षासहित उद्योग स्थापनाका लागि आग्रह गरिएको छ ।

यस क्षेत्रका औद्योगिक उत्पादनलगायत कृषिजन्य वस्तुहरु एवं पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी जस्ता विभिन्न वस्तुहरुको प्रदर्शन गर्न प्रदर्शनी स्थलको अभाव निकै लामो समयदेखि महसुस भइरहेकाले यहा“ अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्नुपर्ने, सरकारले यसै आवदेखि लागू गरेको अनिवार्य प्यान र भ्याट जस्ता प्रावधानहरु लागू गर्नुपर्ने व्यवसायीहरुको माग रहेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई हासिल गर्न कोशी करिडोरमा रहेका सबै जिल्ला/नगर उद्योग वाणिज्य सङ्घले स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई औद्योगिक र आर्थिक विकासका लागि सकारात्मक सहयोग पु¥याउन सामूहिक प्रतिबद्धता सार्वजनिक गरेको साझा धारणामा उल्लेख छ ।