• गृहपृष्ठ
  • पेप्सी उत्पादक बरुण वेभरेजबाट ६४ करोड कर छली, राजस्व अनुसन्धान विभागबाट ठुला माछामा कार्वाहि सुरु

पेप्सी उत्पादक बरुण वेभरेजबाट ६४ करोड कर छली, राजस्व अनुसन्धान विभागबाट ठुला माछामा कार्वाहि सुरु

Dec 20th, 2019

काठमाडौं, मंसिर ४

कर छली र भ्रष्टाचारमा साना कम्पनी बिरुद्ध मात्रै कार्वाहि गर्ने गरेको भन्दै सरकारी निकाय विरुद्ध आलोचना भइरहेका बेलामा राजस्व अनुसन्धान विभागले ठूला माछा अर्थात पेप्सी उत्पादक बरुण वेभरेज बिरुद्ध कर छलिको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।

बरुण वेभरेजले नक्कली बिजक प्रयोग गरेर राज्यलाई ६४ करोड कर छली गरेको भेटिएको छ । कर छली गरेकाले राजस्व अनुसन्धान विभागले एक अर्व चौरानब्बे करोड अठ्ठासी लाख बिगो दावी गर्दै ३ वर्ष कैद सजायको माग दावी गदै बिहिबार काठमाडौ ंजिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

बरुण वेभरेजका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, बिनोद सिंह भनिने बिनोद कुमार सिंह र अशोक कुमार बिरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो ।

‘नक्कली कर विजक खरिद गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकोले वरुण वेभरेज (नेपाल) प्रा.लि.बाट १ अर्व ६० करोडको बैक जमानत लिई यसका प्रतिवादीहरु वरुण वेभरेज (नेपाल) प्रा.लि. र यसका पूर्व तथा वर्तमान संचालकहरु विरुद्ध चौसठ्ठी करोड छयान्नब्बे लाख दुई हजार तीन सय चालीस मात्र) राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले काठमाण्डौ जिल्ला अदालतमामुद्दा दायर गरिएको छ ।’ विभागले बिहिबार जारी गरेको बिज्ञप्तीमा लेखिएको छ ।

राजस्व अनुसन्धान विभागले पछिल्लो समय नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छल्ने फर्म तथा कम्पनी विरुद्द अनुसन्धान गरिरहेको छ । यो भने १० महिनाको अवधिमा विभागले नक्कली भ्याट बिल प्रयोग गरेको भेटाएको पहिलो घटना हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार यो अध्ययन गर्नका लागि विभागलाई करिब १ वर्ष लागेको हो । पेप्सीको उत्पादक कम्पनी वरुण वेभरेजले २५ करोड ३४ लाख रुपैयाँ नक्कली भ्याटबिल प्रयोग गरेको पाइएको छ ।

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत आए पश्चात विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसुरमा ३ सय २ सय ९३ जनालाई प्रतिवादी वनाइ ४ अर्व ८३ करोड ८४ लाख विगो कायम गरी विगोको तेब्बर सम्म जरिवाना माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ । त्यसैगरि सरकारी कर्मचारी ८ जना सहित ५ सय १५ जनालाई प्रतिवादी वनाई १२ अर्ब १३ करोड बिगो कायम गरि अदालतमा मुद्दा दायर गरिएको मैनालीले जनाएका छन् ।