• गृहपृष्ठ
  • पुर्व स्वास्थमन्त्री बोहोराद्धारा मृगौलाका बिरामीहरुलाई पुुर्ववतरुरुपमा सुविधा दिन माग

पुर्व स्वास्थमन्त्री बोहोराद्धारा मृगौलाका बिरामीहरुलाई पुुर्ववतरुरुपमा सुविधा दिन माग

Dec 19th, 2019

काठमाडौ, पुस ३

पुर्व स्वास्थमन्त्री दिपक बोहोराले मृगौलाका बिरामीहरुलाई पुुर्ववतरुपमा सुबिधा दिन माग गरेकाछन । उनको बिज्ञप्ती जारी गर्दे बिहिबार सरकार समक्ष यस्तो माग गरेका हुुन ।

बिज्ञप्तीमा भनिएको छ, अघिल्लो सरकारले गरेका जनपक्षीयनिर्णय हठात बदर गरिदा आजमिर्गौला बिरामीहरू आन्दोलित छन् । स्वयं प्रधानमन्त्री मिर्गौला बिरामी हुन् र डायलसिसमा हुनुहुन्छ । म स्वास्थ्य मन्त्री रहँदा मेरो पहलमा सरकारका तर्फबाट मिर्गाैला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीको उपचार गराई राखेका बिरामीलाई जीविकोपार्जन र सामान्य औषधिको अभाव नहोस् भनेर मासिक पाँच हजार रुपैया भत्ता दिने निर्णय गरिएको थियो र त्यसको सुरुवात पनि भएको थियो । तर त्यसपछि बनेको वर्तमान सरकारले सो सुविधामा कटौती ग¥यो र अहिले उक्त रोगका बिरामीले भत्ताबाट बन्चित भएपछि बिरामीले सडक आन्दोलन गर्नु परेको छ, बिज्ञप्तीमा भनिएको छ ।

यो अवस्था आउनुमा नेपाल सरकार जिम्मेवार छ, म जनताले पाउने स्वास्थ्य सुविधा कटौती गर्ने सरकारको निर्णय प्रति खेद प्रकट गर्न चाहन्छु, बोहोराले बिज्ञप्ती मार्फत भनेकाछन । बिरामीहरूको लागि बितरण गरिने भत्ताको यथोचित व्यवस्था समेत गरिसकेको अवस्थामा सो निर्णयलाई त्यसपछि बनेको बर्तमान सरकारबाट बदर गरियो । सो निर्णय किन बदर गरियो ?आफु भन्दा अगाडीको सरकारले गरेको लोकप्रिय निर्णय भएकोले ? के त्यो निर्णयले त्यो अशक्त बिरामीहरूलाई फाईदा हुन्थेन ? के त्यो निर्णय बिरामीको हितमा थिएन ? यस्ता जनहितमा गरिएको निर्णय जुनसुकै सरकार आएपनि निरन्तरता दिनुपर्दछ । यस विषयलाई सरकारले गम्भीर रुपमा िलई बिरामीलाई उक्त सुविधा तत्काल उपलब्ध गराउन वर्तमान सरकार संग जोडदार माग गर्दछु, पुुर्वस्वास्थमन्त्री बोहोराले भनेकाछन ।