• गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

Dec 19th, 2019

काठमाडौं, ३ पुस

नागार्जुन नगरपालिका ९ स्युचाटार बस्ने सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत ५ जनालाई नगद १ लाख ७ हजार ५ सय १० रुपैयाँ र १ बुक ताससहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।