आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Dec 19th, 2019

काठमाडौं, ३ पुस

काठमाडौं महानगरपालिका २६ ठमेलस्थित पुरानो वडा कार्यालयको जस्ताले छाएको टहरोमा बुधबार राति आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सप्तरी, कंचनरुप नगरपालिका २ महादेवापट्टी बस्ने बिलाल शेखको घरमा बुधबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर डाँडा बस्ने राममाया राईको घरमा बुधबार बिहानआगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनुषा, धनुषाधाम नगरपालिका(५ उमाप्रेमपुर बस्ने राम नारायण महराको फुसको घरमा बुधबार राति आगलागी हुँदा घर पुर्णरुपमा जलेर करिब ४ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पर्सा, छिपहरमाई गाउँपालिका तुल्सीबार्वा बस्ने चोक मियाँको घरमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काभ्रे, बनेपा नगरपालिका ७ चारदोबाटो बस्ने रोशन श्रेष्ठको घरमा रहेको फर्निचर पसलमा करेन्ट सर्ट भई सोही घरमा रहेकोटिभी-फ्रिज पसल, कपडा-जुत्ता पसल रमोवाइल पसल समेतमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट ४ वटा पसल पूर्णरूपमा जलेर क्षति भएको छ ।

दैलेख, नौमुले गाउँपालिका ८ चौराठा घर भई नारायण नगरपालिका १ हाईस्कुल अगाडि बस्ने तारा प्रसाद अधिकारीको फेन्सी पसलमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।