• गृहपृष्ठ
  • समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

Dec 19th, 2019

बर्दिया, ३ पुस

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतगुलरिया नगरपालिका ८ सुरजपुरमा बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा ‘शितलहरबाट बचौं र बचाऔं’ भन्ने बिषयमा अडियो तथा जिगंल समेत सुनाइएको थियो । साथै सो अवसरमा “हाम्रो आवाजः चेलिवेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मुल नाराका साथमानव बेचबिखन तथा असुरक्षित आप्रवाशन बिरुद्ध सप्ताहव्यापी सचेतना अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रमसमेत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

गुलरिया नगरपालिका ८ सुरजपुर स्थित माईती नेपालका संयोजक सावित्रा गौतमको अध्यक्षतामासम्पन्न उक्त कार्यक्रममा ओरेक नेपालका संयोजक शर्मिला शर्मा, स्थानिय भद्रभलादमी, बुद्धिजिवि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।