सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Dec 19th, 2019

काठमाडौं, ३ पुस

ललितपुर र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका ९ बालकुमारी खरीबोटस्थित सडकमा बिहीबार बिहान बा.२ ज २८०६ नम्बरको ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री हाल नाम, थर,वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिलालाई उपचारको लागि पाटन अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको छ । ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, खानिखोला गाउँपालिका ५ माझगाउँस्थित सडकमा ना.३ त ९१०३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा सोही ट्याक्टरको टेलरले च्यापियर ट्याक्टरमा सवारखानिखोला गाउँपालिका ४ जगथलीबस्ने २८ वर्षीय दुधलाल भोलनको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।