• गृहपृष्ठ
  • सानिमा बैंकको “सानिमा प्रथम घर कर्जा योजना ,निर्माण खर्चको १०० प्रतिशतसम्म कर्जा दिने

सानिमा बैंकको “सानिमा प्रथम घर कर्जा योजना ,निर्माण खर्चको १०० प्रतिशतसम्म कर्जा दिने

Dec 19th, 2019

काठमाडौ, पुस ३

आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले “सानिमा प्रथम घर कर्जा” को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्र्तगत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिसतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।

सानिमा प्रथम घर कर्जा योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवाशुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ । साथ,ै ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न “सानिमा प्रथम घर कर्जा”अन्र्तगत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने छ ।

आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले “सानिमा प्रथम घर कर्जा”को आकर्षक फाइदाहरु तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभलिन सक्नेछन् । “सानिमा प्रथम घर कर्जा” देशभर रहेका सबै सानिमा बैंकका शाखाहरुबाट उपलब्ध हुनेछ । सानिमा बैंकको हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहका छन् ।