• गृहपृष्ठ
  • एल क्लासिको : बार्सिलोना र रियल म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा

एल क्लासिको : बार्सिलोना र रियल म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा

Dec 19th, 2019

काठमाडौँ, ३ पुस

स्पेनिस ला लिगा अन्तरगत बुधबार राती भएको बार्सिलोना र रियल मड्रिड बीचको एल क्लासिको भिडन्त गोलरहित बराबरीमा सकिएको छ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोलीले गोलका अवसर पाए पनि सफल हुन सकेन । खेलको ७१ औं मिनेटमा रियलका गारेथ बेलले गोल गरे पनि अफसाइड घोषित भएको थियो ।

एल क्लासिकोको बराबरीपछि बार्सिलोना समान अंक भएपनि शीर्ष स्थानमै कायम भयो भने रियल मड्रिड दोस्रो स्थानमै रहन पुग्यो । बराबरीसँगै दुवै टोलीले १७ खेलबाट समान ३६ अंक बनाएका छन् ।