• गृहपृष्ठ
  • शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङको विजयी शुरुआत

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङको विजयी शुरुआत

Dec 18th, 2019

काठमाडौँ, २ पुस (रासस)

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुआत गरेको छ । मनाङले विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा मनाङका लागि दुवै गोल विमल रानाले गरेका थिए । उनले खेलको २८औँ तथा ३४औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विमल भए । जितसँगै मनाङले तीन अङ्क जोडेको छ । खेलको प्रारम्भदेखि नै मनाङले एपीएफलाई दबाबमा राखेको थियो । तालमेल मिलाउन नसक्दा खेल गुमाउनुपरेको एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले बताउनुभयो ।