• गृहपृष्ठ
  • ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

Dec 18th, 2019

कैलाली, २ पुस

घोडाघोडी नगरपालिका १० मुर्गवास्थित सडकमा से.१ त ४९२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साईकलयात्री डोटी जोरायल गाउँपालिका ४ घर भई कैलाली घोडाघोडी नगरपालिका ११ बस्ने चन्द्र बहादुर थापाको १३ वर्षीय छोरा बिशाल बलामिको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।